FAQs Complain Problems

समाचार

नगर (पाश्र्वचित्र) प्रोफाइल

स्थानीय स्वायत्त शासन ऐन, २०५५ र स्थानीय स्वायत्त शासन नियमावली २०५६ मा व्यवस्था भए बमोजिम नगरपालिकाहरुले नगर विकासको निमित्त नगर क्षेत्र भित्रको तथ्याङ्क संकलन गरि समग्र नगरपालिकाको अवस्था तथा वस्तुस्थिति झल्कने गरि नगर पाश्र्वचित्र तयार गर्नुपर्ने व्यवस्था भए अनुसार गोदावरी नगरपालिका कार्यालयले “गोदावरी नगरपालिकाको नगर पाश्र्वचित्र २०७४ तयार पारेकोे हो ।
भरपर्दो र सहि तथ्याङकिय आधार नै वैज्ञानिक योजना पद्धतिको जग हो । नगर पाश्र्वचित्र तयारीमा जति बढि र भरपर्दो तथ्याङक र सुचनामा आधारित हुन सक्यो त्यति नै बढि वस्तुपरक र वैज्ञानिक हुन सक्दछ । यस बस्तुनिष्ठ तथ्यलाई महशुस गरि नगर स्तरिय योजना तर्जुमा प्रक्रियालाई सहयोगी भुमिकाको रुपमा अगाडि बढाउनका लागि जनगणना २०६८, नगर क्षेत्र भित्र रहेका विषयगत कार्यालयवाट प्राप्त सुचना लगायत गैर सरकारी संघ संस्थाहरुको सुचना तथा तथ्यांक संकलन गरि नगर पाश्र्वचित्र तयार पार्ने जमर्को गरिएको छ । गोदावरी नगरपालिकाको नगर पाश्र्वचित्रले नगरपालिकाको विकास योजनाको लागि नँया विकासका सम्भावनाहरुको खोज, अध्ययन, अनुसन्धान एंव विश्लेषणको लागि सहयोग गर्ने छ । यस पाश्र्वचित्रले राष्ट्रिय योजना आयोगले तयार गर्ने राष्ट्रिय योजनाको नीति र कार्यक्रमहरुलाई समेट्दै नगर भित्र रहेका मौजुदा स्रोत र साधनहरुलाई परिचालन गर्दै लैजान नगर विकास योजना तर्जुमा गर्ने प्रकृया सगै विकास योजनाहरुको अनुगमन तथा मुंल्याकन प्रकृयामा तथ्यांक र सुचनाका माध्यमद्धारा आधारभुत जग वसाल्ने काम गर्ने आशा गरिएको छ र सोही अनुसार नगरको वस्तुस्थिति चित्रण तथा विश्लेषण दस्तावेज तयार गरिएको छ ।  थप बिबरणकोलागि तलको दस्तावेज डाउनलोड गर्नुहोस: