छलफल कार्यक्रममा सहभागिता सम्बन्धमा

  • श्रेणी

    कार्यक्रम

  • कार्यक्रम मिति

    २०८३-०४-२६ · ११:००

  • स्थान

    गोदावरी नगरपालिका सभाहल

  • सम्पर्क

    रोजगार, सीप तथा उद्यमशीलता केन्द्र

श्री कार्यरत गैर सरकारी संघ संस्थाहरु सबै,
गोदावरी नगरपालिका, कैलाली 

विषय:- छलफल कार्यक्रममा सहभागिता सम्बन्धमा

प्रस्तुत विषयमा गोदावरी नगरपालिका रोजगार, सीप तथा उद्यमशीलता केन्द्रले पालिका भित्रका रोजगारी तथा स्व रोजगारका अवसरहरुलाई थप व्यवस्थित तथा दिगो रुपमा कार्यान्वयन गर्नका लागि नगरको सरोकार, स्थानीय स्तरमै सीप र स्व/रोजगार भन्ने नाराका साथ रोजगार/उद्यमशीलता प्रवर्द्धन कार्यक्रम सञ्चालन गर्दै आइरहेको व्यहोरा जानकारी गराउँदछौं। चालु आर्थिक वर्षमा आयआर्जन तथा स्व/रोजगारीका अवसरहरुलाई थप प्रभावकारी बनाउने उद्देश्यले रोजगार, आय आर्जन तथा उद्यमशीलता प्रवर्द्धनका क्षेत्रमा यस नगरपालिकालाई कार्यक्षेत्र बनाई कार्यक्रम कार्यान्वयन गरिरहनु भएका सम्पूर्ण अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्था प्रमुखज्यूहरुसँग तपसिलको मिति, समय र स्थानमा छलफल कार्यक्रम आयोजना गरिएकोले यहाँको संस्था प्रमुख तथा अख्तियार प्राप्त प्रतिनिधि ज्यूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिन्छ।

तपसिल

मिति : २०८३ श्रावण २६ गते
समय : बिहान ठीक ११ बजे देखि १२ बजे सम्म
स्थान : गोदावरी नगरपालिका सभाहल